आजको दिन मेरो लागि विशेष मात्र हैन, एतिहाशिक रह्यो। Patan Fest Concert - च्यासल ग्राउण्ड, हजारौं दर्शक, र अतुलनीय ऊर्जा मज्जा नै बेग्लै जब म स्टेजमा थिएँ, मेरो आवाजसँगै हजारौं मनहरू गुञ्जिए, त्यो भावनालाई शब्दमा उतार्न गाह्रो छ। म सधै भन्ने गर्छु—दुर्गेश थापा कसैको अगाडि झुक्दैन, झुक्छ त केवल नेपाल आमाको, जन्मदिने आमाको र मेरो दर्शक भगवानको अगाडि। हजुरहरूको माया, साथ र समर्थनले नै ‘दुर्गेश थापा’ नाम हैन, ब्रान्ड बनेको हो—ब्रान्ड। आजको कार्यक्रममा मलाई माया दिने सबै दर्शकहरूलाई दिलदेखि धन्यवाद। हजुरहरूकै कारण म आज पनि जिन्दगीको अर्को सुनौलो अध्याय लेख्न सफल भएँ। स्टेज सेयर गर्न पाउँदा पनि गर्व लाग्यो—Albatross, Swar, Purna Rai, र John Chamling जस्ता प्रतिभाशाली कलाकारहरूसँग। हजुरहरू सबैको ऊर्जा र प्रेमले आजको vibes एकदमै अलग बनायो। यो क्षण सधै सम्झिरहनेछु। धेरै माया, सद्भाव र सम्मान सहित -दुर्गेश थापा।